काठमाडौं । जति बेला दशरथ रंगशालामा मछिन्द्र र सातदोबाटो भिडिरहेका हुनेछन्, ठीक त्यही बेला एन्फा कम्प्लेक्स सातदोबाटोमा आमीले हिमालयन शेर्पाको चुनौती सामना गरिरहेको हुनेछ ।
आर्मीलाई विश्वास रहनेछ, त्यस खेलमा उसले आफू अनुकुल नतिजा निकाल्न सक्नेछ र उसको उद्देश्य हुनेछ, हिमालयनमाथि जितको ह्याट्रिक निकाल्ने ।
वर्ष ०७६ र ०७५ मा आर्मी हिमालयनमाथि क्रमश: २–० र २–१ ले विजयी रहेको थियो ।
वर्ष ०७० मा भने हिमालयनले आर्मीलाई १–१ को बराबरीमा रोकेको थियो । त्यस अगाडि वर्ष ०६९ मा आर्मी २–० ले विजयी रहेको थियो ।
आफ्नो 'ए' डिभिजन लिग डेब्युका बेला भने हिमालयनले वर्ष ०६८ मा आर्मीमाथि ऐतिहासिक २–१ जित हात पारेको थियो।