काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा युनाईटेडले ब्राइटनलाई २-० गोल अन्तरले हराएको हो ।
युनाईटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेजले एक एक गोल गरे ।
खेलको ५१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।

५४ औं मिनेटमा डुन्कले रातो कार्ड पाएपछि ब्राइटन १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको इन्जुरी समयमा ब्रुनोले गोल गर्दै युनाईटेडलाई २-० को जित दिलाए ।
यस जितसँगै युनाईटेडले २५ खेलमा ४३ अंक जोडेको छ ।
युनाईटेड लिगको चौंथो स्थानमा उक्लिएको छ ।
ब्राइटन ३३ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ ।