'बी' डिभिजन लिग फागुन १८ बाट
मंगलबार, ०३ फाल्गुण २०७८खेलपाटी संवाददाता
फाइल तस्बिर
काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल फागुन तेस्रो साताबाट सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'बी' डिभिजन लिग फागुन १८ गतेबाट सुरु हुने जनाएको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा खेल्ने छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।
लिगको पहिलो दिन तीन खेलहरु हुने छन् ।
पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
यस्तै दोस्रो खेलमा बाँसबारी क्लब र सरस्वती युथ क्लब तथा तेस्रो खेलमा विरगंज युनाईटेड र बोइज युनियन क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
खेल तालिका :



'बी' डिभिजन लिग फागुन १८ बाट










-1769622014281.jpeg&w=3840&q=75)




