काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङ इन्डियन सुपर लिग (आईएसएल) खेल्न भोलि बुधबार भारत जाने भएका छन् ।
आईएसएल क्लब स्पोर्टिङ क्लब इस्ट बंगालमा अनुबन्धित भएका अनन्त बुधबार त्यसतर्फ प्रस्थान गर्ने थ्री स्टार क्लबले जनाएको छ ।
थ्री स्टारले मंगलबार अनन्तलाई बिदाइ गरेको छ ।
सेन्टर ब्याक अनन्तले यस सिजनको अन्तिमसम्मका लागि इस्ट बंगालसँग सम्झौता गरेका थिए ।
तर, अनन्त आबद्द बंगालले लिगमा अब ३ खेल खेल्न बाँकी रहेको छ ।
अनन्त आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।
अनन्तले थ्री स्टार क्लबमा सहिद स्मारक ए डिभिजन लिग खेलिरहेका थिए ।
अनन्त आबद्द इस्ट बंगाल लिगको १० औं स्थानमा रहेको छ ।