काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबसँग बराबरीमा रोकिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा जावलाखेल फ्रेन्ड्स क्लबसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।
जावलाखेलका लागि लोईक एन्जीमी कोउहिमले दुई गोल गरे । यस्तै रुप बहादुर लामाले एक गोल गरे ।
फ्रेन्ड्सका नाथनियल जुड ग्रासियाले दुई गोल गरे । जमउल एन्थोनी फ्रान्सिओसले एक गोल गरे ।
रोमान्चक बनेको खेलमा जावलाखेलविरुद्ध ३-० गोलको अग्रता उल्टाएर फ्रेन्ड्सले बराबरी खेलेको हो ।
खेलको १२ औं मिनेटमा लोइकले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए ।
४० औं मिनेटमा लोइकले गोल गर्दै जावलाखेललाई २-० को अग्रता दिलाए ।
खेलको ४५ औं मिनेटमा रुपले गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।
पहिलो हाफको इन्जुरी समयमा फ्रेन्ड्सका नाथनियलले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए ।
खेलको ६९ औं मिनेटमा नाथनियलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ३-२ को स्थितिमा ल्याए।
त्यसपछि खेलको इन्जुरी समयमा जमउलले गोल गर्दै फ्रेन्ड्सलाई ३-३ को बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै जावलाखेलले ११ खेलमा १० अंक जोडेको छ ।
जावलाखेल ११ औं स्थानमा रहेको छ ।
फ्रेन्ड्सले ११ खेल ७ अंक जोडेको छ ।
फ्रेन्ड्स १२ औं स्थानमा रहेको छ ।