काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबले बराबरी खेलेका छन् ।
मंगलबार भएको खेलमा ब्रिगेड र च्यासलले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुछारका दुबै टोलीले फितलो खेल प्रदर्शन गरेको थियो ।
तर, पहिलो हाफमा दुबै टोलीले केहि पोस्ट आक्रमण गरेको थियो ।
खेलको छैटौं मिनेटमा मनोज राईको कर्नरमा ब्रिगेडका बेर्टराण्ड इबोडे ओट्टोउको फ्रि हेडर पोस्टमाथिबाट बाहिरिएको थियो ।
१४ औं मिनेटमा च्यासलका अजित गुरुङको क्रसमा विकास मेराग्लियाको प्रहार पोस्टको फ्रेममा परेन ।
खेलको १६ औं मिनेटमा ब्रिगेडका मनोज राईको फ्रि-किक पोस्ट माथिबाट बाहिरिएको थियो ।
दोस्रो हाफमा दुबै टोलीले डरलाग्दो पोस्ट आक्रमण बुन्न सकेनन्। र, खेल गोलरहित सकियो ।
यस बराबरीसँगै ब्रिगेडले ११ खेलमा ७ अंक जोडेको छ ।
ब्रिगेड १३ औं स्थानमा रहेको छ ।
च्यासलले ११ खेलमा ६ अंक जोडेको छ ।
च्यासल पुछारमा रहेको छ ।