काठमाडौं । मछिन्द्र फुटबल क्लबमा मिडफिल्डर मनिष डाँगी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
मछिन्द्रले सामाजिक संजालबाट मिडफिल्डर मनिष अस्पतालबाट डिस्चार्ज भएको जनाएको छ ।
राष्ट्रिय टोलीका मिडफिल्डर समेत रहेका मनिषले शनिबार सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत च्यासल युथ क्लबविरुद्धको खेलमा गम्भीर चोट बोकेका थिए ।
च्यासलका यानिक केचासँग जुध्न पुग्दा उनी ६६ औं मिनेटमा मैदानमै बेहोस भएर ढलेका थिए । उनलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो ।
प्राथमिक उपचारपछि मनिषलाई ब्लु क्रस अस्पताल भर्ना गरिएको थियो ।
मनिषले चोट बोकेको खेलमा मछिन्द्रले च्यासललाई २-० ले हराएको थियो।