काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा जावलाखेलले ३-१ गोलको अग्रता बनाएको छ ।
पहिलो हाफमा जावलाखेलका लोईक एन्जीमी कोउहिमले दुई गोल गरे।
रुप बहादुर लामाले एक गोल थपे ।
फ्रेन्ड्सका नाथनियल जुड ग्रासियाले एक गोल गरे ।
जावलाखेल ९ अंक जोडेर ११ औं स्थानमा रहेको छ । फ्रेन्ड्स ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।