काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा ब्रिगेड र च्यासलले गोलरहित बराबरी खेलेका छन् ।
पुछारका दुई टोली ब्रिगेड र च्यासल जित निकाल्ने योजनासहित मैदान उत्रिएका छन् । रेलिगेसनबाट जोगिन दुबैका लागि यस खेल महत्वपूर्ण रहेको छ ।
ब्रिगेड १० खेलमा ६ अंक जोडेर १३ औं स्थानमा रहेको छ । ५ अंक जोडेर च्यासल पुछारमा रहेको छ ।