काठमाडौं । लिगका पछिल्ला पाँच प्रदर्शनलाई आधार मान्ने हो भने फ्रेन्ड्समाथि जावलाखेलको प्रदर्शन बलियो रहेको छ।
यिनै दुई ललितपुरका क्लब सहिद स्मारक लिग ए डिभिजन ०७८ मा मंगलबार भिड्दै छन् ।
जावलाखेल ९ अंकमा ११ औं स्थानमा छ भने फ्रेन्डस उसको ठीक पछाडि ६ अंकमा १२ औं स्थानमा छ ।
पछिल्ला पाँच खेलमध्ये तीनमा जावलाखेल विजयी रहेको छ । फ्रेन्ड्स एक खेलमा विजयी रहेको छ भने एक खेल बराबरीमा टुंगेको छ ।
वर्ष ०७६ मा फोडे फोफानाको गोलले जावलाखेलले फ्रेन्ड्सलाई १–० ले हराएको थियो । वर्ष ०७५ को खेल ३–३ को बराबरीमा टुंगेको थियो । वर्ष ०७० र ०६८ मा जावलाखेल समान २–१ को स्कोरले विजयी रह्यो ।
वर्ष ०६९ मा भने फ्रेन्ड्स विजयी रहेको थियो र त्यति बेला उसले ३–० को शानदार जित हात पारेको थियो ।