काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा मंगलबार पुछारका रहेका दुई टिम भिड्दै छन्, ब्रिगेड ब्वाइज र च्यासल ।
त्यसमध्ये ब्रिगेड ब्वाइज ६ अंकमा १३ औं स्थानमा छ भने च्यासल ५ अंकमा १४ औं स्थानमा छ ।
यिनै दुई टिम भिड्दा च्यासलसामु उसका लागि अहिलेको लिगकै सबैभन्दा ठूलो अवसर हुनेछ । यी दुईबीच अहिलेसम्म दुई खेल भएका छन् र यी दुवै खेलमा च्यासल विजयी रहेको छ ।
त्यति मात्र होइन्, ब्रिगेड ब्वाइजले च्यासलमाथि गोल गर्न समेत सकेको छैन् । वर्ष ०७६ मा च्यासलले ब्रिगेड ब्वाइजलाई १–० ले हराएको थियो र त्यसमा गोल गर्ने खेलाडी थिए, सन्तोष साहुखल ।
वर्ष ०७५ मा पनि च्यासल ब्रिगेड ब्वाइजमाथि २–० को जित निकालेका थियो र त्यसमा सन्तबहादुर गुरुङ तथा सन्जोक राईले गोल गरेका थिए ।