काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबारबाट ११ औं चरणको खेलहरु सुरु हुँदैछ ।
लिगको ११ औं चरण अन्तर्गत आज दुई खेलहरु हुने छन् । दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एकै समयमा दुई खेल हुनेछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
पुछारका दुई टोली ब्रिगेड र च्यासल जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । रेलिगेसनबाट जोगिन दुबैका लागि यस खेल महत्वपूर्ण रहेको छ ।
ब्रिगेड १० खेलमा ६ अंक जोडेर १३ औं स्थानमा रहेको छ । ५ अंक जोडेर च्यासल पुछारमा रहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
जावलाखेल ९ अंक जोडेर ११ औं स्थानमा रहेको छ । फ्रेन्ड्स ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।