काठमाडौं । हृदयघात भएको आठ महिनापछि ब्रेन्टफोर्टका मिडफिल्डर क्रिस्टीयन इरिक्सन साउदर्न उनाईटेड–११ विरुद्धको मैत्रीपूर्ण खेलका लागि मैदानमा उत्रिए ।
इन्टर मिलानले रिलिज गरेपछि डेनमार्कका ३० वर्षीय इरिक्सनले गत महिना ब्रेन्टफोर्टमा आवद्ध भएका थिए ।
ब्रेन्टफोर्टले साउदर्न उनाईटेडलाई ३–२ ले पराजित गर्दा इरिक्सनले १ घण्टा मैदानमा विताएका थिए ।
इरिक्सनले एक गोलका लागि अवसर समेत सृजना गरेका थिए ।
डेनमार्कका लागि युरो २०२० अन्तर्गत फिनल्यान्डविरुद्ध खेल्ने क्रममा इरिक्सन सन् २०२१ जुन १२ मा मैदानमै अचेत भएका थिए ।
उनलाई अस्पताल लैजानु अघि सीपीआर दिइएको थियो ।
इरिक्सनलाई पछि इम्पलान्टेवल कार्डियोभर्टर डिफिब्रिलाटर (आइआरडी) लगाइएको थियो ।
इटालीको सिरि ए अन्तर्गत आइआरटी लगाएका खेलाडीहरुले खेल्न नपाउने प्रावधान रहेको छ ।
सोही अनुसार इन्टर मिलान र इरिक्सनले आपसी समझादारीमा सम्झौता तोडेका थिए ।
तर इंग्लीस प्रिमियर लिगमा भने सो प्रावधान रहेको छैन ।