एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमारले च्याम्पियन्स लिगमा रियल मड्रिडविरुद्ध खेल्न सक्ने भएका छ ।
गत नोभेम्बरबाट चोटका कारण मैदान बाहिर रहेका नेयमार मंगलबार अन्तिम १६ को पहिलो लेगको खेलमा रियल मड्रिडविरुद्ध खेल्न सक्ने बताईएको छ ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मंगलबार राति घरेलु मैदानमा स्पेनिस क्लब रियल मड्रिडलाई आतिथ्यता प्रदान गर्दैछ ।
घुँडाको चोटका कारण मैदान बाहिर रहेका नेयमार पछिल्लो समय भने अभ्यासमा फर्किएका छन् ।
रियल मड्रिडका पूर्व खेलाडी सर्जियो रामोसमात्र पीएसजीको टिममा अनुपस्थित छन् । उनी मांसपेशीको समस्याका कारण मैदान फर्कन संघर्ष गरिरहेका छन् ।
‘यसमा समावेश गरिएको खेलाडीलाई हेर्दा यहीनै अन्तिम जस्तो देखिन्छ ।’ पीएसजीका प्रशिक्षक मौरिसियो पोचिटिनोले भने ।
पोचिटिनो नेतृत्वको टिम अघिल्लो सिजन सेमिफाईनलमा म्यानचेस्टर सिटीसँग हारेको थियो । प्रिमियर लिग क्लब टोटेनहमका पूर्व प्रशिक्षकलाई फ्रेन्च महारथी क्लबलाई युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो उपाधि जिताउनुपर्ने चुनौती छ ।
कतारी लगानीको क्लब सन् २०२० मा फाईनलमा बायर्न म्युनिखसँग पराजित बनेको थियो । त्यसअघि उसले अन्तिम १६ अघिको यात्रा तय गर्न सकेको थिएन ।
‘पीएसजीले पछिल्लो ५० वर्षदेखि यस उपाधि जित्न कोशिश गरिरहेको छ । त्यसैले हामीलाई चुनौती छ ।’ पोचिटिनोले भनेका छन् ।
लिग वानमा पीएसजीले स्पष्ट १३ अंकको अग्रता लिएको छ ।