काठमाडौं । प्रिमियर लिग क्लब न्युकासल युनाईटेडका डिफेन्डर किइरन ट्रिपियरको खुट्टाको हड्डी भाचिएको छ ।
आइतबार राति एस्टन भिल्लाविरुद्धको खेलमा ट्रिपियरको देब्रे खुट्टाको हड्डी भाचिएको न्युकासलले जनाएको छ ।
एस्टनविरुद्ध १-० गोलको जित निकाल्दा उनले फ्रि-किकमार्फत गोल गरेका थिए ।
न्युकासलले उनको खुट्टाको शल्यक्रिया गर्नु पर्ने र आगामी खेल गुमाउने जनाएको छ ।
न्युकासलले ट्रिपियरलाई स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट यसै जनवरीमा अनुबन्ध गरेको हो ।
डिफेन्डर ट्रिपियरले न्युकासलका लागि ५ खेल खेलेका छन् ।
३१ वर्षीय डिफेन्डर २०२३-२४ को अन्तिमसम्म न्युकासलमा रहने छन् ।