एजेन्सी । जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखले बोचुमसँग स्तब्धपूर्ण नतिजा ब्यहोरेको छ ।
आईतबार राति घरेलु टोली बोचुमले बार्यनलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।
मिड टेबलको टिम बोचुमले पहिलो हाफभित्रै बायर्नको पोस्टमा चार गोल गरेको थियो ।
रोबर्ट लेवान्डोस्कीले सुरुवातमै बायर्नलाई अग्रता दिलाएका थिए । लगत्तै क्रिस्टोफर एन्वी एजेईले घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए ।
ब्राइटोनका पूर्व फरवार्ड जोर्डन लोकाडियाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अघि बढाए । बोचुमले ६ मिनेटको अन्तरमा तीन गोल गर्दै जर्मन महारथीविरुद्ध अप्रत्यासित अग्रता बनाएको थियो ।
क्रिस्टियन गाम्बोवा र गेरिट होल्टम्यानले घरेलु टोलीका लागि लगातार गोल गरे । दोस्रो हाफमा लेवान्डोस्कीले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।
यस सिजनको २२ लिग खेलमा बायर्नले चार खेलमा हार ब्यहोरेको छ । बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डसँग ९ अंकको अग्रता लिएको छ ।
बोचुम ११ वर्षको अन्तरमा पहिलो पटक जर्मन बुन्डेसलिगाको शीर्ष डिभिजनमा आएको हो । क्लब तालिकाको ११ औं स्थानमा रहेको छ ।
बोचुमले १८ वर्षको अन्तरमा पहिलो जित दर्ता गरेको छ । गत सेप्टेम्बरमा बायर्नसँग ब्यहोरेको नराम्रो हारको बदला समेत क्लबले लिएको छ ।
बायर्नले पहिलो हाफमा ४–० ले अग्रता बनाएको थियो र समग्रमा ७–० को जित निकालेको छ । यस सिजनको लिगमा यो अहिलेसम्मकै ठुलो जित हो ।