एजेन्सी । सिरि ए फुटबलमा युभेन्ट्सले एटलान्टासँग बराबरी खेलेको छ ।
आईतबार राति दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै युभेन्ट्सले एटलान्टासँग १–१ गोलको बराबरी खेलेको हो ।
रुस्लान मालिनोभस्कीले उत्कृष्ट प्रहार गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ईन्जुरी समयमा ड्यानिलोले गोल गर्दै युभेन्ट्सका लागि अंक खोस्न सफल रहे ।
बराबरीसँग युभेन्ट्स ४६ अंक सहित तालिकाको चौथो र एटलान्टा ४४ अंक सहित पाँचौ स्थानमा छ ।
अन्य खेलमा एसी मिलानले साम्पोडियालाई १–० ले हराउँदा रोमाले सासौलोसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँड्यो ।
शीर्ष स्थानको एसी मिलानले ५५ अंक जोडेको छ भने रोमा ४० अंक सहित तालिकाको सातौं स्थानमा छ ।