एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले स्प्यानियोलसँग बराबरी खेलेको छ ।
आईतबार राति नाटकिय खेलको अन्तिम मिनेटमा डि जोङले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएका हुन् ।
हारको नजिक पुगेको बार्सिलोनाले अन्तिम मिनेटमा गोल गर्दै घरेलु टोलसँग २–२ गोलको बराबरी खेल्न सफल रह्यो ।
पेड्रीले भली गोलमार्फत बार्सिलोनालाई सुरुवातमै अग्रता दिलाएका थिए । सर्जी डार्डरले घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए ।
दोस्रो हाफमा राहुल डी थोमसले स्प्यानियोललाई अघि बढाएका थिए ।
इन्जुरी समयमा जेरार्ड पिके र निको मेलामेड रातो कोर्ड खादै मैदान बाहिरिएको खेलमा वैकल्पिक खेलाडी डे जोङले एडमा ट्रओरेको क्रसमा हेड गर्दै अंक दिलाउन सफल रहे । बार्सिलोनाले एक अंक जोड्दै एट्लेटिको मड्रिडलाई उछिन्दै चौथो स्थानमा पुगेको छ ।
खेलको ६२ औं मिनेटमा मैदान छिरेका मनु मोर्लानेसलाई पनि खेलको अन्तिममा रातो कार्ड देखाईएको थियो ।
सन् २००८–०९ को सिजनपछि पहिलो पटक बार्सिलोनाविरुद्ध जितको नजिक पुगेको स्प्यानियोल बराबरीमा रोकिनु पर्यो ।
बार्सिलोना ३९ अंक सहित तालिकाको चौथों स्थानमा उक्लिएको छ । स्प्यानियोल २८ अंक सहित तालिकाको १३ औं स्थानमा छ ।