टोटनहममाथि उल्भ्सको जित
आइतबार, फागुन १, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लीस प्रिमियर लिग अन्तर्गत उल्भरह्याम्पटनले टोटनहममाथि जित दर्ता गरेको छ ।
उल्भ्सले टोटनहमलाई २–० ले पराजित गरेको हो ।
उल्भ्सको जितमा राउल जिमेनेज र डेनडोनकर एक–एक गोल गरेका थिए ।
राउलले खेलको छैठौं मिनेटमा गोल गर्दै उल्भ्सलाई अग्रता दिलाएका थिए ।
डेनडोनकरले १८ औं मिनेटमा अग्रता दोब्बर बनाए ।
जितसँगै उल्भ्सले २३ खेलबाट ३७ अंक जोडेको छ र उ सातौं स्थानमा रहेको छ ।
टोटनहमले भने २२ खेलबाट ३६ अंक जोडेको छ ।
#टोटनहममाथि उल्भ्सको जित








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)