काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा सहभागी हुने नयाँ तीन टिमको टुंगो लागेको छ ।
एनएसएलले आईतबार पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको एनएसएलमा झापा फुटबल क्लब, विरगंज युनाईटेड फुटबल क्लब र स्पोर्टिङ इलाम डी मेची फुटबल क्लब थप गरिएको जनाएको छ ।
पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए । पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो।
एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।
दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ ।
अब प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ ।
पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो ।