काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा एनआरटी र हिमालयनले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टोलीले डरलाग्दो आक्रमण बनाउन सकेनन् ।
एनआरटी ९ खेलमा १३ अंक जोडेर लिगको सातौं स्थान रहेको छ । आज हिमालयनलाई हराएर एनआरटी शीर्ष पाँचमा उक्लन चाहन्छ ।
हिमालयन ९ खेलमा ११ अंक जोडेर आठौं स्थानमा रहेको छ । हिमालयन पनि एनआरटीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।