काठमाडौं । सहिद स्मारक लिग ए डिभिजनमा एपीएफ र संकटा त्यस्ता दुई टिम हुन्, जसले एक अर्कोको सामना गर्दा अधिकांस समय बराबरीको स्थिति रहने गर्छ ।
लिगका पछिल्ला पाँच संस्करणमा यी दुई टिमबीच पाँच खेल भएको थियो ।
त्यसमा दुई खेलमा एपीएफ विजयी रहेको छ भने दुई खेलमा संकटा । एक खेल भने बराबरीमा टुंगेको छ ।
वर्ष ०७० को दोस्रो खेलमा एपीएफ र संकटाले २–२ को बराबरी खेलेका थिए ।
त्यही वर्षको पहिलो खेलमा भने संकटा ४–१ ले विजयी रह्यो । वर्ष ०६९ मा भने एपीएफले २–० को जित निकालेको छ । वर्ष ०७५ मा पनि एपीएफ नै विजयी रह्यो, २–१ ले । लिगको पछिल्लो संस्करणमा भने संकटाले ४–२ को जित हात पारेको थियो ।
आज एपीएफ र संकटाबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
एपीएफ ९ खेल १० अंक जोडेर नवौं स्थानमा रहेको छ । संकटालाई हराएर एपीएफ अंक तालिका सुधार गर्ने योजनामा रहेको छ ।
संकटा ९ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । आज संकटा एपीएफलाई स्तब्ध बनाउदै शीर्ष पाँच भित्र उक्लन चाहन्छ ।