काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ को आइतबार दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पाले एनआरटीको सामना गर्दैछ र उसको उद्देश्य रहनेछ, एनआरटीमाथि लगातार जित ।
यी दुई टिमबीच अहिलेसम्म चार खेल भएका छन् । त्यसमा तीन जित हिमालयनको नाममा छ भने एक जित एनआरटीको।
हिमालयनले वर्ष ०६८ मा पहिलो पल्ट लिग खेल्दा एनआरटीसँग २–० को हार बेहोरेको थियो ।
त्यसयता हिमालयन लगातार विजयी रहेको छ । उसले एनआरटीलाई वर्ष ०६९ मा ३–२, वर्ष ०७५ मा १–० र वर्ष ०७६ मा २–१ ले पराजित गरेको थियो ।
एनआरटी ९ खेलमा १३ अंक जोडेर लिगको सातौं स्थान रहेको छ ।
हिमालयन ९ खेलमा ११ अंक जोडेर आठौं स्थानमा रहेको छ ।