काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले संघर्षपूर्ण जित निकालेको छ ।
शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमित एट्लेटिकोले गेटाफेलाई ४-३ गोल अन्तरले हराएको हो ।
खेलको नवौं मिनेटमा एट्लेटिकोका लुइस सुआरेज पेनाल्टीमा गोल गर्न चुके । उनको प्रहार गेटाफेका गोलकिपर डेभिडले रोके ।
तर, १९ औं मिनेटमा एन्जल कोर्रेयाले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाए ।
२७ औं मिनेटमा माथिउस कुन्हाले गोल गर्दै एट्लेटिकोलाई २-० को अग्रता दिलाए ।

खेलको ३० औं मिनेटमा बोर्जा मायोरलले गोल गर्दै गेटाफेलाई २-१ को स्थितिमा ल्याए ।
३७ औं मिनेटमा इनेस उनलले गोल गर्दै गेटाफेलाई २-२ को बराबरीमा ल्याए ।
खेलको ४२ औं मिनेटमा उनलले व्यक्तिगत दोस्रो गोल गरेपछि गेटाफेले ३-२ को अग्रता बनायो ।
पहिलो हाफको इन्जुरी समयमा कोर्रेयाले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई ३-३ को स्थितिमा ल्याए ।
५८ औं मिनेटमा फिलिपेले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको ८९ औं मिनेटमा मारियो हेर्मोसोले गोल गर्दै एट्लेटिकोलाई ४-३ को जित दिलाए ।
यस जितसँगै एट्लेटिकोले २३ खेलमा ३९ अंक जोडेको छ ।
एट्लेटिको चौंथो स्थानमा रहेको छ ।
गेटाफे २५ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।