काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सिटीले नर्विच सिटीलाई ४-० गोल अन्तरले हराएको हो ।
सिटीको जितमा रहिम स्ट्रर्लिङले ह्याट्रिक पूरा गरे । फिल फोडेनको नाममा एक गोल रह्यो ।

खेलको ३१ औं मिनेटमा रहिमले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
४८ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए ।
रहिमले ७० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ३-० ले अघि रह्यो ।

त्यसपछि खेलको ९० औं मिनेटमा रहिमले ह्याट्रिक पूरा गर्दा सिटीले ४-० को फराकिलो जित निकाल्यो ।
यस जितसँगै सिटीले २५ खेलमा ६३ अंक जोडेको छ ।
सिटीले दोस्रो स्थानको लिभरपुलमाथि १२ अंकको अग्रता समेत बनाएको छ ।
नर्विच १७ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।