इन्टर र नापोलीको बराबरी
शनिबार, २९ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलान र नापोलीले बराबरी खेल्दै अंक बाडेका छन् ।
शनिबार राति भएको खेलमा इन्टर र नापोलीले १-१ गोलको बराबरी खेलेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको सातौं मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए।
तर, खेलको ४७ औं मिनेटमा इडेन जेकोले गोल गर्दै इन्टरलाई हारबाट जोगाए ।
यस बराबरीसँगै इन्टरले २४ खेलमा ५४ अंक जोडेको छ ।
इन्टर शीर्ष स्थानमा रहेको छ ।
नापोली २५ खेलमा ५३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
इन्टर र नापोलीको बराबरी







-1768735373267.jpeg&w=3840&q=75)





-1768722799188.jpeg&w=3840&q=75)
