काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले सहज जित निकालेको छ।
शनिबार भएको खेलमा एभर्टनले लिड्स युनाईटेडलाई ३-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा सिमुस कोलम्यानले १० औं मिनेटमा गोल गर्दै एभर्टनलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको २३ औं मिनेटमा माइकल किनले गोल गर्दै एभर्टनलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७८ औं मिनेटमा एन्थोनी गोर्डोनले गोल गर्दै एभर्टनलाई ३-० को जित दिलाए ।
यस जितसँगै एभर्टनले २२ खेल २२ अंक जोडेको छ ।
एभर्टन १६ औं स्थानमा रहेको छ ।
लिड्स २३ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
अर्को खेलमा ब्राइटनले वाट्फोर्डलाई २-० ले हराएको छ ।
ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेको छ ।