बराबरीमा रोकियो रियल
शनिबार, २९ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।
शनिबार भएको खेलमा रियलले भिल्ला रियलसँग गोलरहित बराबरी खेलेको हो ।
बलमा पकड जमाएपनि पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा रियल रोकिएको हो ।
यस बराबरीसँगै रियलले २४ खेलमा ५४ अंक जोडेको छ ।
रियल शीर्ष स्थानमा यथावत रहेको छ ।
भिल्ला ३६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
अर्को खेलमा काडिज र सेल्टा भिगोले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन्।
बराबरीमा रोकियो रियल








-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)