काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ ।
शनिबार भएको खेलमा बायर्नलाई बक्हमले ४-२ गोल अन्तरले हराएको हो ।
बक्हमको मैदानमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा बायर्न पराजित भएको हो ।
खेलको नवौं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको १४ औं मिनेटमा क्रिस्टोफरले गोल गर्दै बक्हमलाई १-१ गोलको बराबरीमा ल्याए ।

३८ औं मिनेटमा जुर्गन लोकाडियाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई २-१ को अग्रता दिलाए ।
खेलको ४० औं मिनेटमा क्रिस्टियन गाम्बोयाले गोल गरेपछि बक्हम ३-१ ले अघि रह्यो ।
४४ औं मिनेटमा होल्टम्यानले गोल गरेपछि घरेलु टोलीले ४-१ को अग्रता बनायो ।
त्यसपछि खेलको ७५ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेपनि बायर्न ४-२ ले पराजित भयो ।
यस हारपछि बायर्नले २२ खेलमा ५२ अंक जोडेको छ ।
बक्हम २८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।