मनिष खतरामुक्त
शनिबार, माघ २९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । मछिन्द्र फुटबल क्लबमा मिडफिल्डर मनिष डाँगीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको क्लबले जनाएको छ।
मछिन्द्रले सामाजिक संजालबाट मिडफिल्डर मनिषको स्वास्थ्य खतरामुक्त रहेको जनाएको छ ।
राष्ट्रिय टोलीका मिडफिल्डर समेत रहेका मनिषले शनिबार सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत च्यासल युथ क्लबविरुद्धको खेलमा गम्भीर चोट बोकेका थिए ।
च्यासलका यानिक केचासँग जुध्न पुग्दा उनी ६६ औं मिनेटमा मैदानमै बेहोस भएर ढलेका थिए । उनलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो ।
प्राथमिक उपचारपछि मनिषलाई ब्लु क्रस अस्पताल लगिएको थियो ।
अस्पतालले समेत मनिषको स्वास्थ्य खतरामुक्त रहेको जनाएको छ ।
मनिषले चोट बोकेको खेलमा मछिन्द्रले च्यासललाई २-० ले हराएको थियो।
मनिष खतरामुक्त






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)



-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)