बराबरीमा रोकियो युनाईटेड
शनिबार, माघ २९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड बराबरीमा रोकिएको छ ।
शनिबार भएको खेलमा युनाईटेडले साउथह्यापटनसँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा युनाईटेड रोकिएको हो ।
खेलको २१ औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ४८ औं मिनेटमा चे एडम्सले गोल गर्दै साउथह्यापटनलाई १-१ गोलको बराबरीमा फर्काए ।
यस बराबरीसँगै युनाईटेडले २४ खेलमा ४० अंक जोडेको छ । युनाईटेड पाँचौं स्थानमा रहेको छ ।
साउथह्यापटन २९ अंक जोडेर दशौँ स्थानमा रहेको छ।
बराबरीमा रोकियो युनाईटेड






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)



-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)