काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा मछिन्द्रले पुछारको च्यासल युथ क्लबलाई २-० गोल अन्तरले हराएको हो ।
मछिन्द्रलाई जित दिलाउन विमल घर्तिमगर र सुनिल बलले एक एक गोल गरे ।
जितपछि मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटवाल खुशी देखिए । उनले चाहिएको तीन अंक पाएको बताए ।
'हामीले तीन अंकका लागि खेलेका थियौ । त्यो पूरा भयो । तर, गेम अझै सुधार गर्नु पर्नेछ,' उनले भने ।
च्यासलका टेक्निकल डिरेक्टर लेइघ मानसनले खेलाडीको गल्तिले हार व्यहोरेको बताए ।
'दुई गोल गल्ती गर्दा खान पुग्यौ । दोश्रो गोल विराजको गल्ती हुन पुग्यो । बाँकी तीन खेल जित्ने छौ,' उनले भने, 'अझै ६ अंक छ । हामी मिहिनेत गर्ने छौ । न्तिम तीन खेल जित्नै पर्ने दबाब छ । लिगमा रहिरहन जित्नै पर्ने छ ।'