पुलिसमाथि सातदोबाटोको जित
शनिबार, माघ २९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ ।
सातदोबाटोस्थित एन्फा कप्लेक्समा शनिबार भएको खेलमा सातदोबाटोले पुलिसलाई १-० गोल अन्तरले हराएको हो ।
सातदोबाटोलाई जित दिलाउन आकाश बुढा मगरले निर्णायक गोल गरे । आकाशले खेलको १९ औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् ।
पुलिसका हेमन्त श्रेष्ठले पेनाल्टी क्षेत्र भित्र आकाशलाई फउल गर्दै लडाएपछि सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो । जसमा आकाश चुकेनन् ।
यससँगै नवप्रवेशी क्लब सातदोबाटोले पुलिसमाथि पहिलो भेटमै जित निकाल्न सफल भएको छ ।
यस जितसँगै सातदोबाटोले १० खेलमा १५ अंक जोडेको छ । सातदोबाटो पाँचौं स्थानमा उक्लिएको छ ।
पुलिसले १० खेलमा १० अंक जोडेको छ । पुलिस १० औं स्थानमा रहेको छ ।
पुलिसमाथि सातदोबाटोको जित






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

