मनिषले बोके गम्भीर चोट, अस्पताल लगियो
शनिबार, २९ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । मछिन्द्र फुटबल क्लबमा मिडफिल्डर मनिष डाँगीले गम्भीर चोट बोकेका छन् ।
कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत अहिले जारी च्यासल युथ क्लबविरुद्धको खेलमा मनिषले चोट बोकेका हुन् ।
खेल दौरान चोट बोकेपछि मनिषलाई अस्पताल लगिएको छ ।
च्यासलका यानिक केचासँग जुध्न पुग्दा उनी ६६ औं मिनेटमा मैदानमा लडेका थिए । उनलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा मछिन्द्रले २-० गोलको अग्रता बनाएको छ ।
मनिषले बोके गम्भीर चोटअस्पताल लगियो






-1768550031655.png&w=3840&q=75)







