पहिलो हाफमा मछिन्द्रलाई २-० को अग्रता
शनिबार, माघ २९, २०७८खेलपाटी संवाददाता
काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले मछिन्द्र फुटबल क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्रले २-० गोलको अग्रता बनाएको छ ।
पहिलो हाफमा मछिन्द्रका विमल घर्तिमगर र सुनिल बलले एक एक गोल गरे ।
मछिन्द्र ९ खेलमा २३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । आज च्यासललाई हराएर मछिन्द्र शीर्ष स्थानको अग्रता थप फराकिलो बनाउन चाहन्छ ।
च्यासल ९ खेलमा ५ अंक जोडेर पुछारमा रहेको छ । रेलिगेसनबाट बच्न च्यासललाई यस खेल महत्वपूर्ण रहेको छ ।
पहिलो हाफमा मछिन्द्रलाई २-० को अग्रता






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

