पुलिसको सामना गर्दा सातदोबाटो पुराना दिन सम्झदै
शनिबार, माघ २९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । सातदोबाटो नेपाली फुटबलको माथिल्लो डिभिजनका लागि नयाँ हो । उसका लागि सहिद स्मारक लिग ए डिभिजन ०७८ डेब्यु गर्दैको प्रतियोगिता हो । यही टिमले शनिबार सातदोबाटोमा पुलिसको सामना गर्दैछ ।
त्यस अर्थमा दुवै टिमका लागि यो लिग मात्र नभएर सबै खाले प्रतियोगितामा पहिलो भेट हुनेछ । यस खेल अगाडि पुलिस १० अंकमा दसौं स्थानमा छ भने सातदोबाटो १२ अंक जोडेर सातौं स्थानमा छ ।
यो खेलको सबैभन्दा उल्लेखनीय पक्ष हो, प्रतिस्पर्धा सातदोबाटोको एन्फा कम्प्लेक्समा हुँदैछ र त्यसक्रममा सातदोबाटोले पुराना दिन सम्झना चाहनेछ, जति बेला उसले बी डिभिजन जितेको थियो ।
ए डिभिजन उक्लेने क्रममा एन्फा कम्प्लेक्समा सातदोबाटोले उत्कृष्ट प्रदर्शन गरेको थियो र यसक्रममा ११ मध्ये नौ खेलमा विजयी रहेको थियो ।
पुलिसको सामना गर्दा सातदोबाटो पुराना दिन सम्झदै






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

