पहिलो हाफमा आर्मी र जावलाखेलको बराबरी
शुक्रबार, २८ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मी र जावलाखेलले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् ।
आर्मी जावलाखेललाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ । आर्मी १७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
जावलाखेल पनि आर्मीविरुद्ध उत्कृष्ट नतिजाको खोजीमा हुनेछ । जावलाखेल ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
आर्मीलाई हराएर जावलाखेल अंक तालिका सुधार्न चाहन्छ ।
पहिलो हाफमा आर्मी र जावलाखेलको बराबरी







-1766593825391.webp&w=3840&q=75)






