काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा फ्रेन्ड्सले ३-१ गोलको अग्रता बनाएको छ ।
पहिलो हाफमा फ्रेन्ड्सका लागि सुशील शाह, श्याम बाबु केप्छ्याकी र जमोउल एन्थोनी फ्रान्सिओसले एक एक गोल गरे ।
ब्रिगेडका ड्याडी जुनियर वाम्बाले एक गोल गरे ।
खेलको १४ औं मिनेटमा सुशीलले फ्रि-किकमार्फत गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
ब्रिगेडका ड्याडी जुनियर वाम्बाले नाथनियल जुड ग्रासियालाई फउल गरेपछि फ्रेन्ड्सले फ्रि-किकको अवसर पाएको थियो । जसमा डेब्यु खेलाडी सुशीलले उत्कृष्ट गोल गरे ।
तर, खेलको २५ औं मिनेटमा ड्याडीले फ्रि-किक मार्फत गोल गर्दै ब्रिगेडलाई १-१ गोलको बराबरीमा ल्याए । असिम भुसालले भुवन बस्नेतलाई फउल गरेपछि ब्रिगेडले फ्रि-किकको अवसर पाएको थियो ।
खेलको २७ औं मिनेटमा श्यामले गोल गर्दै फ्रेन्ड्सलाई २-१ को अग्रता दिलाए ।
काउन्टर बलमा विकास थापाले ब्रिगेडका गोलकिपर गुरप्रित सिंहलाई बिट गर्दै उपलब्ध गराएको बलमा श्यामले सहजै गोल गरे ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा जमाउलले गोल गर्दै फ्रेन्ड्सलाई ३-१ को अग्रता दिलाए । निशेन सुब्बाको फ्रि-किकमा उनले हेडर मार्फत गोल गरे ।