काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोका छोरा युनाईटेडको एकेडेमीमा अनुबन्धित भएका छन् ।
रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले युनाईटेडसँग सम्झौता गरेका छन् ।
रोनाल्डो जुनियरले अब युनाईटेडको यू-१२ टोलीबाट खेल्ने छन् ।
११ वर्षीय रोनाल्डो जुनियरले युनाईटेडमा ७ नम्बरको जर्सी लगाउने छन् ।
पोर्चुगिज फरवार्ड रोनाल्डोले समेत युनाईटेडमा ७ नम्बर कै जर्सी लगाउदै आएका छन् ।