जावलाखेलमाथि बलियो आर्मी
शुक्रबार, माघ २८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ को शुक्रबारको दोस्रो खेलमा आर्मीले जावलाखेलको सामना गर्दैछ।
त्यस खेल अगाडि आर्मी आत्मविश्वासी रहनेछ, किनभने लिगका पछिल्ला पाँच संस्करणमा यो टिम जावलाखेलमाथि अपराजित छ ।
यी पाँच खेलमध्ये तीन खेलमा आर्मी विजयी रहेको छ भने दुई खेल बराबरीमा टुंगेको छ । वर्ष ०७६ मा यी दुई टिमले गोलरहित बराबरी खेलेका थिए र यो यस्तो नतिजा थियो जसले आर्मीको उपाधि यात्रा कमजोर बनेको थियो ।
वर्ष ०७५ मा भने आर्मी १–० ले विजयी रह्यो । यस्तै वर्ष ०७० मा ३–० र वर्ष ०६९ मा ३–१ को जित निकाल्न सफल रह्यो ।
वर्ष ०६८ को खेल भने १–१ को बराबरीमा टुंगिएको थियो ।
जावलाखेलमाथि बलियो आर्मी








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)