ब्रिगेडसामु फ्रेन्ड्सलाई अवसर
शुक्रबार, माघ २८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ का दसौं चरणका खेल शुक्रबारदेखि सुरु हुँदैछ र त्यसको पहिलो खेल हुनेछ, फ्रेन्ड्सविरुद्ध ब्रिगेड ब्वाइज ।
फ्रेन्ड्सले रेलिगेसनबाट बच्ने सम्भावनालाई जीवन्त राख्ने हो भने यो खेल जित्नै पर्ने हुन्छ । उसले यो खेलमा तीन अंकको सम्भावना पनि देख्न सक्नेछ ।
लिगका पछिल्ला पाँच संस्करणमा यी दुई टिमबीच तीन खेल भएका छन् र त्यसमा फ्रेन्ड्स नै ब्रिगेड ब्वाइजमाथि हाबी रहेको छ ।
वर्ष ०७६ को पछिल्लो खेलमा ब्रिगेड ब्वाइजले फ्रेन्ड्सलाई २–० ले हराएको थियो । त्यस अगाडिका दुई खेलमा भने फ्रेन्ड्स विजयी रहेको छ ।
फ्रेन्ड्स वर्ष ०७५ मा १–० र वर्ष ०६८ मा २–० ले विजयी रहेको थियो ।
ब्रिगेडसामु फ्रेन्ड्सलाई अवसर








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)