काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा आर्सनलले उल्भ्सलाई १-० गोल अन्तरले हराएको हो ।
उल्भ्सको मैदानमा आर्सनललाई जित दिलाउन गाब्रियलले निर्णायक गोल गरे ।
खेलको २५ औं मिनेटमा गाब्रियलले गरेको गोल नै आर्सनलको जितमा प्रयाप्त बन्यो ।
यस्तै खेलको ८९ औं मिनेटमा गाब्रियल मार्टिनेलीले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै आर्सनलले २२ खेलमा ३९ अंक जोडेको छ ।
आर्सनल पाँचौं स्थानमा उक्लिएको छ ।
उल्भ्स ३४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।