काठमाडौं । युभेन्ट्स कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा सासोउलोलाई २-१ गोल अन्तरले हराउँदै युभेन्ट्स अन्तिम चारमा पुगेको हो ।
घरेलु मैदानमा तेस्रो मिनेटमा पाउलो डिबलाले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, २४ औं मिनेटमा हामिद ट्राओरेले गोल गर्दै सासोउलोलाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा सासोउलोका राउन ट्रेसोल्डिले आत्मघाती गोल गरेपछि युभेन्ट्स २-१ ले विजयी भयो ।
अब युभेन्ट्सले फाइनल प्रवेशका लागि फियोरेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।