लिभरपुलले लेस्टरलाई हरायो
शुक्रबार, माघ २८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २-० गोल अन्तरले हराएको हो ।
लिभरपुलको जितमा डिएगो जोटाले दुई गोल गरे ।
खेलको ३४ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।
यस जितसँगै लिभरपुलले २३ खेलमा ५१ अंक जोडेको छ ।
लिभरपुल दोस्रो स्थानमा रहेको छ ।
लेस्टर २६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
लिभरपुलले लेस्टरलाई हरायो








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)