काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङ भारतको इन्डियन सुपर लिग (आईएसएल) क्लब स्पोर्टिङ क्लब इस्ट बंगालमा अनुबन्धित भएका छन् ।
सेन्टर ब्याक अनन्तले यस सिजनको अन्तिमसम्मका लागि इस्ट बंगालसँग सम्झौता गरेका छन् ।
तर, अनन्तले आईएसएलको चार खेल मात्र खेल्ने छन् । उनको टोलीले लिगमा अब चार खेल खेल्न बाँकी रहेको छ ।
अनन्त आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।
अनन्तले थ्री स्टार क्लबमा सहिद स्मारक ए डिभिजन लिग खेलिरहेका थिए ।
थ्री स्टारले अनन्तलाई आईएसएलका लागि फुकुवा समेत गरिसकेको छ ।
थ्री स्टारले शनिबार अनन्तलाई बिदाइ गर्ने कार्यक्रम रहेको छ ।
अनन्त आबद्द इस्ट बंगाल लिगको १० औं स्थानमा रहेको छ ।