काठमाडौं । बुन्डेसलिगा क्लब बोरुसिया डर्टमण्डले डिफेन्डर निकलस सुलेलाई अनुबन्धित गरेको छ ।
डर्टमण्डले बायर्न म्युनिखबाट डिफेन्डर सुलेलाई अनुबन्ध गरेको हो ।
डर्टमण्डले डिफेन्डर सुले २०२२ को समरबाट टिममा सामेल हुने जनाएको छ ।
जर्मन डिफेन्डर सुले बायर्नमा ५ वर्ष बिताएर डर्टमण्डमा अनुबन्धित भएका हुन् ।
२६ वर्षीय सुले होफेनहाइमबाट २०१७ मा बायर्न आएका थिए ।