काठमाडौं । एफए कप फुटबल अन्तर्गत पाँचौं चरणको ड्र सार्वजनिक भएको छ ।
इंग्ल्यान्ड फुटबल एसोसियसनले सार्वजनिक गरेको ड्र अनुसार म्यानचेस्टर सिटी र चेल्सीलाई सहज प्रतिद्वन्दी परेको छ ।
प्रिमियर लिगको लिग लिडर सिटीले पाँचौं चरणमा च्याम्पियनसिप क्लब पिटरब्रो युनाईटेडसँग खेल्नेछ ।
यस्तै चेल्सीले पाँचौं चरणमा लुटोन टाउनसँग खेल्नेछ ।
लिभरपुलले नर्विच सिटीसँग खेल्दा साउथह्याप्मटनले वेस्ट ह्याम युनाईटेडसँग खेल्नेछ ।
टोटेनहमले मिड्ल्सब्रो तथा एभर्टनले बोरेहम वुडसँग खेल्नेछ ।
क्रिस्टल प्यालेसले स्टोक सिटीसँग खेल्दा हडर्सफिल्ड टाउनले नटिघम फोरेस्टसँग प्रतिस्पर्धा गर्नेछ ।