काठमाडौं । बेलायत र रिपब्लिक अफ आयरल्याण्ड सन् २०३० को फिफा विश्वकप फुटबल आयोजकको दौडबाट पछि हटेको छ ।
सन् २०२८ को युरोकप आयोजकका लागि बेलायत र आयरल्याण्डले विश्वकप आयोजकको दाबीबाट पछि हटेको बीबीसीए जनाएको छ ।
बेलायत र आयरल्याण्डको एफए विश्वकपका लागि बोली नलगाउन सहमत भएको बताईएको छ ।
अब बेलायत र आयरल्याण्डले युरोकप आयोजनाका लागि संयुक्त दाबी गर्ने भएको छ ।
युरोकप आयोजनाका लागि इंग्ल्यान्ड सरकारले २.८ मिलियन पाउण्ड दिने प्रतिबद्दता जनाएको समेत बताईएको छ ।