काठमाडौं । इंग्लिस क्लब चेल्सीले क्लब विश्वकपको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलालको सामना गर्ने भएको छ ।
क्लब विश्वकप अन्तर्गत दोस्रो चरणमा अल जाजिरालाई ६-१ गोल अन्तरले हराएर हिलालले सेमिफाइनलमा चेल्सीसँगको भेट पक्का गरेको हो ।
युएईमा जारी विश्वकप अन्तर्गत चेल्सीले हिलालविरुद्ध बुधबार प्रतिस्पर्धा गर्नेछ।
यस खेलको विजेताले फाइनलमा अल अहली र पाल्मिरासबीचको विजेतासँग खेल्नेछ ।
फाइनल खेल फेब्रुअरी १२ मा हुनेछ ।