पीएसजीलाई १३ अंकको अग्रता

psg.jpg
काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले लिललाई ५-१ गोल अन्तरले हराएको हो ।
खेलको दशौँ मिनेटमा डानिलो पेरिएराले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
२८ औं मिनेटमा स्भेन बोटम्यानले गोल गर्दै लिललाई १-१ को बराबरीमा ल्याए।
खेलको ३२ औं मिनेटमा प्रेसनल किमपेम्बेले गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए ।
लियोनल मेस्सीले ३८ औं मिनेटमा गोल गरेपछि पीएसजी ३-१ ले अघि रह्यो ।
खेलको ५१ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै टिमको अग्रता ४-१ को बनाए ।
त्यसपछि खेलको ६७ औं मिनेटमा डानिलोले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ५-१ को सहज जित दिलाए ।
यस जितसँगै पीएसजीले लिगमा १३ अंकको अग्रता बनाएको छ ।
शीर्ष स्थानको पीएसजीले २३ खेलमा ५६ अंक जोडेको छ ।
लिल ३२ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।






-1766593825391.webp&w=3840&q=75)





-1766583817323.jpg&w=3840&q=75)

